कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११५

माननीय मनाङेसँग आग्रह

भाद्र २०, २०८१

झस्किए नेता–जनता, सारा झस्कियो सदन
‘बन्दिनँ मन्त्री केही काम छैन’ के राम्रो वचन !
मनाङे दाजु भन्देऊ न फेरि यो कुरा बुझाइ
तँछाडमछाड त्यसैका लागि केही काम नपाई !

यो देशभरि नेता नै नेता सकिन्न गनेर
सवारी सलाम चलाई खाई गजक्क परेर
कुर्सीमा बस्ने, भाषण छाँट्ने, सुविधा सोहोर्ने
यसदेखि बाहेक के बाँकी होलान् तिनले काम गर्ने ?

अनेक काण्ड, भ्रष्टाचार देखी विरोध गरेर
जनता कठै ! बसेका सबै रोएर थाकेर
भेटिन्न आशा हेरे नि कतै शान्ति यो मुर्दा छ
जे पनि छ्याङ्ग देखिन्छ तर शक्तिको पर्दा छ ।

हामीले भन्दा सुन्दैनन् कोही छाप्दैन पत्रिका
हुँदैन चर्चा सहर गाउँ सुन्दैनन् बस्तीका
ए माननीय मनाङे दाजु रहेछौ बुझ्झकी
भन्देऊ न ‘संघीयताको नाममा नगरौं चकचकी ।’
– अनिमेष पाठक, सिद्धिचरण मार्ग, ओखलढुंगा

प्रकाशित : भाद्र २०, २०८१ ०७:५४
x
×