कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४६

साओमीको अल न्यु–पक्का अल–राउनन्डर रेडमी १३

काठमाडौँ — साओमीले नेपालमा रेडमी १३ सार्वजनिक गरेको छ । कम्पनीले मिडियाटेक हेलियो जी ९१ अल्ट्रा प्रोसेसर र १०८ मेगापिक्सेल क्यामेराका साथमा रेडमी १३ नेपाली बजारमा ल्याएको हो ।

साओमीको अल न्यु–पक्का अल–राउनन्डर रेडमी १३

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले रेडमी १३ सार्वजनिक गर्न उत्साहित भएको बताए । यस स्मार्टफोनमा ६.७९ इन्चको एचडी इमर्सिभ डिस्प्ले, ५,०३० एमएचब्याट्री, अक्टाकोर सूपीयूमा कोर्टेक्स ए ५५ कोर र कोर्टेक्स ए ७५ कोर हुनाले २.०० गिगाहर्जसम्मको फ्रिक्वेन्सी दिने विशेषता छन् ।

साथै यसमा ६ जिबी र्‍याम, १२८ जिबी स्टोरेज र ८ जिबी र्‍याम २५६ जिबी स्टोरेजसहित दुई विकल्पमा रेडमी १३ उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । नेपाली बजारमा ६ जीबी र्‍यामसहितको मूल्य १८ हजार ९ सय ९९ र ८ जीबी र्‍यामको मूल्य २१ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : असार १८, २०८१ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×