कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

युरो २०२४ : नेदरल्यान्ड्स र टर्कीको प्रवेशसँगै अन्तिम ८ को समीकरण पूरा

काठमाडौँ — युरो २०२४ को मंगलबार राति भएका दुई खेलसँगै अन्तिम आठको समीकरण पूरा भएको छ । अन्तिम १६ का खेलमा नेदरल्यान्ड्सले रोमानियालाई ३–० ले पराजित गर्‍यो भने टर्कीले अस्ट्रियामाथि २–१ को जित निकाल्यो ।

युरो २०२४ : नेदरल्यान्ड्स र टर्कीको प्रवेशसँगै अन्तिम ८ को समीकरण पूरा

लयमा फर्केको नेदरल्यान्ड्सका लागि सब्टिच्युट डोनयल मालेनले दुई गोल गरे । अर्को गोल कोडी गाक्पोको नाममा रह्यो । लिभरपुलर फरवार्डले २० औं मिनेटमा गोलको खाता खोले । त्यसपछि मालेनले ८३ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे ।

टर्कीको जितमा भने मेरिह डेमिरालको दुई गोल रह्यो । त्यसमध्ये उनले पहिलो गोल पहिलो मिनेटमै गरे । अर्को गोल भने ५९ औं मिनेटमा निकेको थियो । अस्ट्रियाका लागि माइकल गेर्गोरिट्सचले ६६ औं मिनेटमा एक गोल फर्काए ।

अब क्वार्टरफाइनलमा स्पेन र जर्मनी, पोर्चुगल र फ्रान्स, नेदरल्यान्ड्स र टर्की तथा इंग्ल्यान्ड र स्विजरल्यान्ड भिड्ने छन् ।

प्रकाशित : असार १९, २०८१ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×