कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

शून्य प्रतिशतमा हुन्डाईको  ‘कोना’ 

काठमाडौँ —  नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडी ‘कोना’ शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले ५० प्रतिशत डाउन पेमेन्टमा पाँच वर्षका लागि शून्य प्रतिशत ब्याजदरमा गाडी खरिद गर्न सक्नेछन् ।

शून्य प्रतिशतमा हुन्डाईको  ‘कोना’ 

यो गाडी दुई वटा भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । ‘कोना जीएल’ को मूल्य ५९ लाख ९६ हजार र ‘कोना जीएलएस’ को मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

हुन्डाईको कोनामा सुरक्षाका लागि ३९.२ किलोवाट आवरको ब्याट्री छ । एक पटकको चार्जमा कोना ३०५ किलोमिटरसम्म कुदाउन मिल्ने र सय वाटको छिटो चार्ज हुने विशेषता रहेको कम्पनीले जनाएको छ ।




प्रकाशित : असार २१, २०८१ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×