कलेज टु वाच : युनिग्लोब कलेजमा ‘भीम्याग’

असार २१, २०८१

कान्तिपुर संवाददाता

College to Watch: 'VMag' at Uniglobe College

काठमाडौँ — नेपालमा सञ्चालित विभिन्न कलेजको शैक्षिक वातावरण, गुणस्तरी शिक्षा, अतिरिक्त क्रियाकलापलगायतका विषयमा जानकारी दिँदै आएको ‘भीम्याग’ टिम काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेज पुगेको छ ।

‘कलेज टु वाच’ अन्तर्गत भीम्याग टोलीले कलेजका प्राचार्य तथा शिक्षकहरूसँग कुराकानी गरेको छ । कुराकानीमा क्रममा कलेजका प्राचार्य गणेश रेग्मीले युनिग्लोब कलेजले विज्ञान, व्यवस्थापन र कानुन विषयमा अध्ययन/अध्यापन गराउँदै आएको बताए । ‘विद्यार्थीका चाहनालाई केन्द्रमा राखेर पठनपाठनलगायत गतिविधि गरिने भएकाले कलेजको शैक्षिक नतिजा निकै उत्कृष्ट रहेको छ,’ उनले भने, ‘शैक्षिक गुणस्तर नै यो संस्थाको पहिलो प्राथमिकता हो ।’ 

रेग्मीका अनुसार कलेजले कक्षाकोठामा गरिने पढाइ सँगसँगै पाठ्यक्रममा उल्लेखित विषयवस्तुलाई खेलमैदानदेखि पुस्तकालयसम्म र प्रयोगशालादेखि अन्वेषण कक्षसम्म अनुसन्धानात्मक तरिकाबाट विद्यार्थीमाझ पुर्‍याउँदै आएको छ ।

कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीले एमबीबीएस, इन्जिनिरिङ, सूचना प्रविधिलगायत विषयमा देश तथा विदेशमा छात्रवृत्ति हासिल गर्न सफल भएका उनले बताए । त्यसबाहेक पनि कलेजले वार्षिक क्यालेन्डरअनुसार खेलकुद, गायन, नृत्य, कला, निबन्ध लेखनलगायत विभिन्न अतिरिक्त क्रियाकलापसमेत गराउँदै आएको छ ।

कान्तिपुर

Link copied successfully