बेलायतको बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा सत्तारूढ दल कन्जरभेटिभ (टोरी) ले ठूलो झट्का बेहोरेको छ । निर्वाचन नतिजासँगै आफ्नो नेतृत्वमा थप प्रश्न उठेपछि प्रधानमन्त्री बोरिस जोन्सनले नराम्रो पराजय स्विकारेका छन् । आम निर्वाचन हुन दुई वर्ष बाँकी रहँदा आएको यो नतिजाले कन्जरभेटिभको भविष्यमै चुनौती थपिएको छ ।
बेलायतमा बिहीबार बिहान ७ बजेदेखि स्थानीय तहको निर्वाचन सुरु भएको छ । मतदान राति १० बजेसम्म सुचारु हुनेछ । इंग्ल्यान्ड, वेल्स र स्कटल्यान्डका मतदाताले स्थानीय जनप्रतिनिधि चुन्नेछन् भने उत्तरी आयरल्यान्डमा ‘नर्दन आयरल्यान्ड एसेम्ब्ली’ का लागि ९० जना नयाँ सदस्य चुनिने छन् ।
लन्डन बस्ने एक नेपाली बालक बेलायतको एक प्रतिष्ठित क्रिकेट क्लबबाट खेल्नका लागि छनोट भएका छन् । ९ वर्षीय आर्यन ढुंगाना मिडलसेक्स काउन्टी अन्डर टेन (यू-१०) बरो प्लेयरमा अनुबन्धित भएको उनका बुबा सुरेन्द्र ढुंगानाले जनाए ।
बेलायत–नेपाल प्रज्ञा परिषद्को १९ औं वार्षिक नेपाल अध्ययन दिवस सम्पन्न भएको छ । हरेक वर्ष बेलायतका विभिन्न विश्वविद्यालयमा पालैपालो भौतिक रूपमा आयोजना हुने यो प्राज्ञिक सम्मेलन पहिलोपटक हाइब्रिड मोडल (अनलाइन र भौतिक रूपमा सहभागी) मा गरिएको हो ।
बेलायतमा पहिलोपटक उल्लासका साथ बिस्का जात्रा मनाइएको छ । पासा पुचः गुथी यूकेले आइतबार साउथ इस्ट लन्डनको प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा आयोजना गरेको जात्रामा नेवा तथा गैर नेवा समुदायका ८ सयभन्दा बढी नेपालीको सहभागिता रह्यो । पासा पुचः यूकेले हरेक दुई वर्षमा बेलायतमा गर्दै आएको नेवाः मुनाको अवसरमा यसपटक बिस्का जात्रा पनि गरिएको हो ।
बेलायती महारानी एलिजावेथ द्वितीयाले नेपालमा आफूले गरेको दुई ऐतिहासिक राजकीय भ्रमणको स्मरण गरेकी छन् । महारानीले बेलायत नेपालबीच सदियौं लामो मैत्रीपूर्ण तथा आत्मीय सम्बन्धको पनि चर्चा गरेकी छन् ।
कक्षा कोठामा लेखपढ भन्दा चित्र कोरेर समय बिताउन रमाउँथे उनी । न प्रशिक्षण, न पढाइ । भित्तामा जे देख्यो त्यही उतार्न तम्सिने उनको जोश थियो । पढाइमा तेज छोरालाई इन्जिनियर बनाउने बाबुआमाको चाहना उनको चित्रकला लहड अगाडि के लाग्थ्यो र ?
विद्यार्थीका रूपमा एक दशकअघि लन्डन छिर्दा रुबिना राउतसँग संघर्ष र पीडाको बोध थियो । नयाँ परिवेशमा जागिर नपाउँदाको पिरलो र आर्थिक अभावका बाबजुद अध्ययन अघि बढाउनु ठूलो चुनौती पनि थियो । पाँचथरमा जन्मिएकी उनी सन् २०१० मा लन्डन आएकी हुन् ।
बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकसायरमा स्नातक तह (ब्याचलर अफ आर्टस् विथ अनर्स इन बिजनेस म्यानेजमेन्ट) पढ्न आएका चार जना विद्यार्थी जनवरी तेस्रो साता म्यानचेस्टर विमानस्थलमा समातिए ।