कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

'एसईईको मौका परीक्षा साउन २३ देखि’ समाचारमा facebook.com/ekantipur बाट लिइएका केही टिप्पणी :

पाठक पत्र

अहिले सबैले जाँच दिन पाउने भएपछि हिजै सबैलाई पास गराएको भए भइहाल्थ्यो ।
– धर्मराज लामिछाने

दसैं–तिहार बिदापछि राम्रोसँग पढाइ गर्दा भइहाल्छ, पढाइसढाइ राम्रो छैन, खालि शैक्षिक सत्र लामो राखेको छ ।
– गोरख धामी

उनीहरूका लागि फेरि छुट्टै कक्षा, पढाइ, परीक्षा, बीचमा एउटा अर्कै शैक्षिक सत्र बनाए भैगो नि ।
– राजेश पाण्डे

फास्ट ट्र्याकबाट कपी चेक गरियो भने ढिला नहुन पनि सक्छ, नत्र भने ११ कक्षाको पढाइमा असर पर्ने देखिन्छ ।
– राजु नेपाली

मौका परीक्षा दिने विद्यार्थीले समयमा नै यही वर्ष पढ्न पाउनुपर्छ ।
– अनिल पराजुली

पढाइ कता पुग्ने हो, फेल हुनेलाई एक साल रोक्यो भने अब नयाँ पिढीका लागि राम्रो हुन्छ । पास नै गराउनुपर्ने भए फोकडको खर्च नगरौं, सिधै सटिफिकेट दिऔं ।
– सन्तोष थापा

अहिले सोचेर हुन्छ ? अगाडि सिस्टम बनाउनु पर्दैन ?
– लोग धामी

प्रकाशित : असार १८, २०८१ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×