कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

प्रधानमन्त्रीले 'सहयोग गर्नुहोस्' भनेपछि रास्वपा मन्त्रीले दिएनन् राजीनामा

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सहयोग गर्न आग्रह गरेपछि रास्वपाका मन्त्रीहरू राजीनामा नबुझाई बालुवाटारबाट फर्केका छन् । एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा रास्वपाले मन्त्रीहरू राजीनामा दिने तयारी स्वरुप प्रधानमन्त्रीलाई भेट्न बिहीबार बिहान बालुवाटार गएका थिए ।

प्रधानमन्त्रीले 'सहयोग गर्नुहोस्' भनेपछि रास्वपा मन्त्रीले दिएनन् राजीनामा

प्रधाममन्त्रीले दाहालले आफू विश्वासको मत लिने प्रक्रियामा लाग्ने भएकाले त्यसमा सहयोग गर्न रास्वपाका मन्त्रीहरूलाई आग्रह गरे । त्यसपछि रास्वपाले दाहालले सहयोग गर्न भन्दै मन्त्रीको राजीनामा स्थगित गरेको हो ।

'प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि हामीले मन्त्रीहरूको राजीनामा दिएनौं । छिटो विश्वासको मत लिने प्रक्रियामा लाग्नुहोस् भनेर हामीले भनेका छौैं' रास्वपा प्रमुख सचेतक सन्तोष परियारले ईकान्तिपुरसँग भने ।

प्रकाशित : असार २०, २०८१ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×