कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

जंगली च्याउ खाएर एकै परिवारका ७ जना बिरामी  

१९ दिनमा २९ जना बिरामी, ३ जनाको मृत्यु
प्रताप विष्ट

हेटौंडा — जंगली च्याउ खाएर मकवानपुरको भीमफेदी गाउँपालिका-६ उर्लाघारीका एकै परिवारका ७ जना बिरामी  भएका छन् । च्याउ खाएर बिरामी पर्नेहरूमा  ६५ वर्षीया मगंली माया स्याङ्तान, ३२ वर्षीया छोरा बुद्धिबहादुर स्याङ्तान, ३० वर्षीया पत्नी पासाङ माया स्याङ्तान, ७ वर्षीय छोरा लासाङ स्याङ्तान, १९ वर्षीया लक्ष्मीमाया स्याङ्तान, पार्वती स्याङ्तान र आरती स्याङ्तान छन् । 

मंगलीमाया स्याङ्तान र बुद्ध स्याङ्तानको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने अन्य ५ जनालाई थप उपचारका निम्ति भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । बुधबार मंगलीमाया स्याङ्तानले जंगली च्याउ खोजेर ल्याएर पकाएकी थिइन् ।

जंगली च्याउ खाएर असार महिनामा मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका एक बालकसहित ३ जना मृत्यु भइसकेको छ । जंगली च्याउ खाएर असार महिनाको १९ गतेसम्म मकवानपुरको राक्सिराङ,कैलाश, मकवानपुरगढी, बकैया र भीमफेदी गाउँपालिकामा गरेर २९ जना बिरामी भइसकेका छन् ।

प्रकाशित : असार २०, २०८१ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×