कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५६

एमाले–कांग्रेस गठबन्धन कहिलेसम्म ?

पाठक पत्र

नेपालको राजनीतिमा सरकार बनाउने र गिराउनेबाहेक केही खेल भएन । नेताहरूलाई जनता र राष्ट्रभन्दा कुर्सी प्यारो भयो, जसको परिणाम राजनीति अस्थिर बन्न गयो । अब बन्ने नयाँ सरकारको नेतृत्व केपी ओलीले गर्ने भन्ने समाचार आएको छ । यसभन्दा अघि उनी प्रधानमन्त्री नबनेका होइनन् । अब बनेर के गर्लान् ?

निर्वाचन भएको दुई वर्षसम्म एउटा दलले सरकार चलाउन पाउँदैन, सक्दैन भने देशमा राजनीतिक स्थिरताचाहिँ कहिले आउला ? देशलाई सधैँ राजनीतिक बन्धक बनाउने हो ? जनतालाई धोका दिनेबाहेक दलका नेताले केही जानेनन् ।

सोमबार राति एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको छ । पहिला एमालेको नेतृत्वमा सरकार बन्ने र पछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति भएको छ । अब प्रचण्ड नेतृत्वको सरकार ढल्नेछ ।

कांग्रेस र एमाले मिलेर पहिले नै सरकार बनाउनुपर्थ्यो, बनाएनन् । अब पनि एमाले र कांग्रेस सरकार लामो समय टिक्ला भन्न सकिने आधार छैन । सरकारमा किन जाने, प्रधानमन्त्री किन बन्ने भन्ने प्रस्ट भिजन नै नेताहरूमा छैन । अनि कसरी हुन्छ ?
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : असार १९, २०८१ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×