कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

देखउरी (दाङ) — केन्द्रमा सत्ता फेरिएपछि पूर्वनिर्धारित लुम्बिनी प्रदेशसभाको चौँथो अधिवेशनका लागि २४ औं बैठक स्थगित भएको छ ।

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

२०८१ असार २३ गते आइतवार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश स्थगित भएको लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सुचनामा उल्लेख छ ।

सभामुख तुलाराम घर्तीमगरले अर्काे सुचना प्रकाशन नभएसम्मका लागि लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम (३) बमोजिम स्थगित गरिएको पुनले जानकारी दिए ।

कांग्रेस–एमाले सत्ता समीकरण भएपछि बैठक स्थगित भएको हो ।

No description available.

प्रकाशित : असार २१, २०८१ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×