२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

वीरेन्द्र केसी

केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

वीरेन्द्र केसीका लेखहरु :

शीत भण्डारमै कुहिए सुन्तला

पाणिनि गाउँपालिका–२ पोखराथोकस्थित शिवशक्ति शीत भण्डारमा राखेको सुन्तला कुहिएर नष्ट भएका छन् । जिल्लाको सबैभन्दा धेरै सुन्तला उत्पादन हुने पणेनाको सिम्ले गाउँ र पोखराथोकका कृषकले राखेको ९० मेट्रिक टन मध्ये ६० मेट्रिक टन सुन्तलाका दाना ढुसी लागेर नष्ट भएका छन् ।

प्रदेश राजधानीमा बढ्दै निजी क्षेत्रको लगानी

राप्ती उपत्यकालाई लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरेपछि स्थानीय नारायण केसीले अर्घाखाँची सातमारामा सुविधासम्पन्न होटल सञ्चालन गरेका छन् । राजधानीले अवसरका ढोका खुलेको भन्दै उनले एक करोड रुपैयाँ लगानीमा आरामदायी १६ कोठा भएको सूर्य होटल सञ्चालन गरेको बताए ।

लुम्बिनी प्रदेशका संसदीय समितिहरु नेतृत्वविहीन

लुम्बिनी प्रदेशसभाका संसदीय समितिका सदस्य चुनिएपछि नेतृत्व चयन हुन सकेका छैनन् । समितिको सभापति चयन हुन नसक्दा जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने गरेको छ ।

अर्घाखाँची प्रतिनिधिसभा १ मा एमालेका रायमाझीको अग्रता कायमै

अर्घाखाँचीमा प्रतिनिधिसभा १ का उम्मेदवार तथा एमाले सचिव टोपबहादुर रायमाझीले मतपरिणाम गणना भइरहँदा अग्रता कायम गरेका छन् । रायमाझीले २२ सय २ मत ल्याउँदा गठबन्धनबाट कांग्रेस उम्मेदवार पुष्पा भुसाल गौतमले १४ सय ४० मत ल्याएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसालले ९९ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अर्घाखाँची कांग्रेस उपसभापति पौडेलसहित १० नेता निलम्बनमा

स्थानीय तहको निर्वाचनमा पार्टीभित्र अन्तरघात गरेको आरोप लगाउँदै कांग्रेस अर्घाखाँचीको बैठकले जिल्ला उपसभापति बाबुराम पौडेलसहित १० जनालाई कारबाही गरेको छ । पौडेल र पूर्वक्षेत्रीय सभापति मणिराम पौडेललाई १ वर्षका लागि निलम्बन गरिएको कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले बताए ।

अर्घाखाँचीको शितगंगाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

शितगंगा नगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार छविलाल पौडेल र उपमेयरमा एमालेकी गीता भाट विजयी भएका छन् । पौडेलले एमाले उम्मेदवार बसन्त श्रेष्ठलाई १ सय ८६ मतान्तरले पराजित गरे ।