पाणिनीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

पर्वतबाट अर्घाखाँची घुम्न आएका यात्रु बोकेको ध १ ख ५०४ नम्बरको बस फर्कँदै गर्दा दुर्घटनामा परेको हो ।

वैशाख २९, २०८३

वीरेन्द्र केसी

Two killed in bus accident in Panini

अर्घाखाँची — पाणिनी गाउँपालिका–८ दुर्गाफाँट कुडेलेमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।

मृतकहरुको पहिचान खुलेको छैन । घाइतेलाई उपचारका लागि सन्धिखर्क र पाल्पाको तानसेन लगिएको छ।

पर्वतबाट अर्घाखाँची घुम्न आएका यात्रु बोकेको ध १ ख ५०४ नम्बरको बस फर्कँदै गर्दा दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले बताए । बस ओरालो झर्दा ब्रेक फेल भएको हुनसक्ने उनलेे बताए । 

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully