ओेरालो बाटोमा बसको ब्रेक फेल हुँदा खसेर १८० मिटर तल पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक सुवेदीले बताए ।
अर्घाखाँची — पर्वतबाट अर्घाखाँची घुम्न आएका यात्रु सवार बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
ध१ख ५०४ नम्बरको बस पाणिनी गाउँपालिका–८ दुर्गाफाँट कुडेलेमा दुर्घटना हुँदा कास्की पोखरा महानगरपालिका- १९ बस्ने ७८ वर्षीया राममाया बस्नेत, सोही वडाका ७८ वर्षीया विन्दु कुँवर, पर्वत मोदी गाउँपालिका-५ बस्ने ५० वर्षीया कौशिला रेग्मी र सोही वडा बस्ने ४५ वर्षीय बस चालक रमेश जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसीले बताएका छन् ।
बसमा सवार २७ जना घाइते भएका छन् । उनीहरूको अर्घाखाँची अस्पताल र तानसेनमा उपचार भइरहेको छ । ओेरालो बाटोमा बसको ब्रेक फेल हुँदा खसेर १८० मिटर तल पुगेको कार्यालयका सूचना अधिकारी झलक सुवेदीले बताए ।
