कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो

काठमाडौँ — आज एकैदिन सूनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सूनको मूल्य तोलामा १६ सय रुपैयाँ र चाँदीको मूल्य ताेलामा ४० रुपैयाँले बढेको हो । गत शुक्रबारदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ ।

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो

बुधबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार प्रतितोला १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको थियो ।

प्रकाशित : असार २०, २०८१ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×