कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मार्सी धानले आकर्षक जुम्ली फाँट

शब्द/तस्बिर : हरिहरसिंह राठाैर

सिञ्जा, जुम्ला — यतिखेर जुम्लाका हिमानदी र तिलानदी छेउछाउमा रैथाने मार्सी धान रोप्न भ्याइनभ्याइ छ । भौगोलिक अवस्था र सिंचाइ सुविधाअनुसार गत चैत १२ गतेदेखि धानको बीउ राख्न थालेका जुम्ली किसान मार्सीधान रोप्न व्यस्त छन् ।

हिमानदीको नाग्मादेखि हाटसिञ्जासम्म र नाग्मादेखि त्रिवेणी हुँदै पताराशीसम्म तिलानदीका वरपरका पनि मार्सी रोप्ने चटारो छ ।नेपाल सरकारले मार्सी चामललाई ब्रान्डिङ गरी खरिद गर्न थालेपछि किसान उत्साहित छन् । जुम्लाको अर्गानिक मार्सी, कागुनो, फापर, चिनो, सिमीलाई रारा आउने पर्यटकहरूले पनि खरिद गरी लैजाने गरेका छन् ।


प्रकाशित : असार १४, २०८१ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्