कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

छात्रा बलात्कार आरोपमा शिक्षक पक्राउ

डम्बरसिं राई

खोटाङ — १३ वर्षीया छात्रालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका शिक्षकमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ । 

शनिबार पक्राउ परेका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माविका शिक्षक ५८ वर्षीय शम्भूप्रसाद घिमिरेलाई आइतबार पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर घिमिरेमाथि अनुसन्धान भइरहेको छ ।

बालिका गर्भवती भएको थाह पाएपछि स्थानीयले प्रहरीमा जानकारी गराएका थिए ।


प्रकाशित : असार १६, २०८१ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×