कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

जेष्ठ नागरिकलाई पंखा उपहार

विराटनगर — विराटनगर महानगरपालिकाको १ नम्वर वडाले जेष्ठ नागरिकलाई पंखा उपहार दिएको छ । 

जेष्ठ नागरिकलाई पंखा उपहार

८ दशक भन्दा वढी उमेर पार गरेका वडाका ४० वढी जेष्ठ नागरिकमलाई सोमवार टेवल पंखा उपहार दिइएको हो ।

वडाध्यक्ष काजीबहादुर बस्नेतले गर्मी वाट सुरक्षित रहनका लागि वडा कार्यपालिकाको निर्णयवाटै पंखा बितरण गरिएको बताए । ‘पहिलो दिन ४० जना ज्येष्ठ नागरिकलाई पंखा दिएका छौ’, वडाध्यक्ष बस्नेतले भने, ‘वडाका २ सय बढी जेष्ठ नागरिकलाई चरणवद्ध रुपमा पंखा दिइने छ ।’

यसअघि वडाले ज्येष्ठ नागरिकलाई स्वर्गद्वारीसहितका विभिन्न धार्मिकस्थलको ७ दिने तीर्थाटन भ्रमणमा लगेको थियो । वडाले जेष्ठ नागरिकका लागि आराम गर्ने चौतारी समेत निर्माण गरेको थियो । चौतारीमा बसेर गफ गर्न आउने पाकाहरुलाई चियाको समेत प्रबन्ध वडाले मिलाएको बस्नेतले जानकारी दिए ।

प्रकाशित : असार १७, २०८१ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×