कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

रास्वपा महामन्त्री ढकाल भन्छन् : मैले बिहा गर्ने कि नगर्ने, केन्द्रीय समितिले निर्णय गरोस्

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टी निर्माणका लागि जीवन समर्पण गर्न तयार रहेको बताएका छन् । बुधबार बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले लिखित रूपमा आफ्ना धारणा राख्न खोजेका थिए ।

रास्वपा महामन्त्री ढकाल भन्छन् : मैले बिहा गर्ने कि नगर्ने, केन्द्रीय समितिले निर्णय गरोस्

बैठकलाई प्रत्यक्ष प्रसारण गर्न भनेपछि उनलाई बोल्न दिइएको थिए । शुक्रबार पार्टी केन्द्रीय अनुशासन आयोगले सोधेको स्पष्टीकरणको जवाफसहित उनले राख्न खोजेका प्रस्ताव सञ्चारमाध्यमबाट भने सार्वजनिक भइसकेको छ ।

उनले आफ्ना व्यक्तिगत जीवनलाई समेत विवादको विषय बनाइएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । आफ्नो विवाहलगायतका जीवनका अन्य कुरा पनि पार्टीले गरेको निर्णयअनुसार गर्न आफू तयार रहेको महामन्त्री ढकालको भनाइ छ । 'गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु । वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यही दिन गरिदिनुहोस्,' महामन्त्री ढकालले भनेका छन् ।

महामन्त्री ढकालले आफूले सहे पनि 'गलफ्रेन्ड'को कुरा गरेर कसैको सम्मान नभएको बताएका छन् । उनले अगाडि भनेका छन्,'देश निर्माण र देश निर्माणका लागि पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागि जीवन नै समर्पण गरेको छु, गल्फ्रेन्डको कुरा गरेर, मलाई त केही छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो । म जान पाइनँ, एक जना नारी जाने ? मेरो साटो भनेर रडाको मच्याउँदा पनि, सायद मुकुल ढकालसँग जोडिएको विषय हो, कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा । मेरो जीवनको विवाह बाहेकका पनि बाँकी सबै कुरा पार्टीले निर्धारण गरिदेओस् ।'

प्रकाशित : असार १९, २०८१ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×