कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

भ्यानमा राखेर अवैध औषधि बिक्री, आरोपित २ जना पक्राउ

चितवन — जिल्ला प्रहरी कार्यालय आडैमा पर्ने भरतपुरको अस्पताल रोडमै बिना बिलबिजक अवैध औषधि बिक्री गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

भ्यानमा राखेर अवैध औषधि बिक्री, आरोपित २ जना पक्राउ

चितवन प्रहरी, नेपाल औषधि व्यवसायी संघ र मेडिकल स्टकिष्ट क्लब अफ नारायणगढले बिहीबार गरेको संयुक्त अनुगमनका क्रममा औषधि बेच्दै गरेका सर्लाही पर्सा गाउँपालिका-५ बस्ने २९ वर्षका अनिल झा र काठमाडौं चन्द्रागिरि नगरपालिका-७ का ३८ वर्षीय दिपेन परियार पक्राउ परेका हुन् ।

उनीहरूले वाग्मती प्रदेश ०१-०२६ प २१८२ नम्बरको भ्यानमा राखेर औषधि बेच्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । पक्राउ परेका व्यक्ति, बरामद औषधि र भ्यान थप कारकाहीका लागि औषधि व्यवस्था विभागको पर्सा वीरगन्ज कार्यालय पठाएको डीएसपी रिजालले जानकारी दिए ।

प्रकाशित : असार २१, २०८१ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×