कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

यूएसएआईडीको यात्रा सुरु

कपिलवस्तु — नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (यूएसएआईडी) ले लुम्बिनी प्रदेशका विभिन्न स्थानमा लर्निङ फर डेभलपमेन्ट आउटरिच क्याम्पेन यात्रा सुरु गरेको छ ।

यूएसएआईडीले नेपालमा गरिरहेका सहयोगबारे जानकारी दिन यस्तो यात्रा सुरु गरेको हो । जसअन्तर्गत आइतबार दाङको लमही, सोमबार बाँकेको कोहलपुर र मंगलबार नेपालगन्जमा विभिन्न कार्यक्रम हुँदैछन् ।

६३ वर्षयता नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको यूएसएआईडीले काम गर्दै आएको छ । यसले लुम्बिनी प्रदेशका सबै जिल्लामा स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण तथा उत्थानशीलता, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रहरूमा राष्ट्रिय र स्थानीयस्तरका २० भन्दा बढी सक्रिय परियोजना सञ्चालन गरिरहेको छ ।

प्रकाशित : असार २१, २०८१ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×