कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

सामी कार्यक्रमको तेस्रो चरण : ६० हजारले प्राप्त गरे वित्तीय साक्षरता

काठमाडौँ — सुरक्षित आप्रवासनसम्बन्धी (सामी) कार्यक्रमको तेस्रो चरणमा ६० हजार बढीले वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श प्राप्त गरेका छन् । मुख्यगरी वैदेशिक रोजगारमा रहेका विप्रेषण प्राप्त घर परिवारका सदस्यलाई लक्षित गरि सञ्चालित २१ हप्ताको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाबाट उनीहरू लाभान्वित भएका हुन् ।

सामी कार्यक्रमको तेस्रो चरण : ६० हजारले प्राप्त गरे वित्तीय साक्षरता

नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्वमा सुरक्षित आप्रवासन सामी कार्यक्रम सञ्चालन भईरहेको छ ।

यो कार्यक्रममा प्राविधिक साझेदार संस्थाको रुपमा कार्यरत डिप्रोक्स नेपालले सोमबार आयोजना गरेको वित्तीय साक्षरता परामर्श वैठकमा पेश गरेको प्रतिवेदन अनुसार तेस्रो चरणमा ३८ जिल्लाको १५६ स्थानीय तहमा २३९९ वित्तीय साक्षरता कक्षाहरु सम्पन्न भएका थिए ।

त्यसमा ५८ हजार ६ सय ९४ महिला र १ हजार १ सय ९९ पुरुष गरी जम्मा ५९ हजार ८ सय ९३ तथा सामी कार्यक्षेत्र बाहेक १ वटा स्थानीय तहका १८४ जना सहित गरि कुल ६०,०७७ सहभागीहरुले वित्तीय साक्षरता कक्षा पुरा गरेको प्रेस विज्ञप्तिमा छ ।

जातिगत रुपमा हेर्दा दलित २३.६८ प्रतिशत, जनजाती ४३.७९ प्रतिशत र मधेसी १२.३२ प्रतिशत सहभागी दीक्षीत भए । कूल दलित, जनजाती, मधेशी र सिमान्तकृतको सहभागीता ७९.७९ प्रतिशत थियो ।

कार्यक्रमको प्रथम तथा दोस्रो चरण सन् २०११ देखि २०१८ सम्म सञ्चालन भई सम्पन्न भई सकेको र १६ सेप्टेम्बर २०१८ देखि १५ जुलाई २०२४ सम्म तेस्रो चरण चलिरहेको छ ।

प्रकाशित : असार १७, २०८१ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×