कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

एनआरएनए अष्ट्रेलियाको कार्यालय अब आफ्नै भवन

काठमाडौँ — गैरआवासीय नेपाली संघ अस्ष्ट्रेलियाले आफ्नै भवन स्थापना गरेको छ । उक्त भवनको बिहीबार उद्घाटन भयो । अष्ट्रेलियमा रहेका नेपाली समूदायको हक हितका लागि काम गर्दै आएको संस्था आफ्नो भवनबाट सञ्चालन हुने अवस्थामा पुगेकोमा अध्यक्ष अनिल पोखरेलले ठूलो उपलब्धी भएको बताएका छन् ।

एनआरएनए अष्ट्रेलियाको कार्यालय अब आफ्नै भवन

भवनको न्यु साउथ वेल्सका प्रमुख क्रोस्टफर जोन मिन्सले उद्घाटन गरे ।

मेकफ्रालेन सडकको सूइट-४ मा अफिस रहेको छ । अष्ट्रेलियामा सन् २००५मा स्थापना भएको एनआरएनएले नेपाली संस्कृति प्रवर्धन, समाजिक कार्य र नेपालीहरुका समस्याहरूलाई समाधानका लागि वकालत गर्दै आएको छ ।

पढाई र रोजगारीका लागि अष्ट्रेलियमा करिब १९ हजार नेपाली बस्दै आएकोमा १६ हजार नेपाली एनआरएनएमा आबद्ध छन् ।

प्रकाशित : जेष्ठ ३१, २०८१ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×