कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

रासस

ढोरपाटन (बागलुङ) — सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन् । 

ढोरपाटन नगरपालिका–९ भुसुण्डेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । निरन्तरको वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो । बुर्तिबाङ बजारहुँदै ढोरपाटन पुग्ने सडकको अन्य ठाउँसमेत पहिरो गएको ढोरपाटन नगरपालिकाका कार्यबाहक प्रमुख धनबहादुर कायतले जानकारी दिए । अहिले पनि सो क्षेत्रमा वर्षा भइरहेको छ ।

'ठाउँ–ठाउँमा पहिरो झरेको छ, सडक खुलाउने प्रयास गरिरहेका छौं,' उनले भने । बुर्तिबाङ हुँदै ढोरपाटन हिँडेका पर्यटक बोबाङ र सुप्राङ गाउँमा अलपत्र परेका छन् ।

प्रकाशित : असार १९, २०८१ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×