कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

वर्षाले मुगु र हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध 

मुगु — हिमाली जिल्ला मुगु र हुम्लामा वर्षाले गर्दा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । साताअघिदेखि निरन्तर वर्षा हुन थालेपछि मुगु र हुम्लाका लागि बाँकेको नेपालगन्जबाट हुने उडान अवरुद्ध भएको हो ।

वर्षाले मुगु र हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध 

निरन्तरको वर्षाले तीन दिनदेखि नेपालगन्जबाट हवाई उडान नभएको रारा हवाई नागरिक उड्डयन प्राधिकरणका प्रमुख श्रीकृष्ण रिजालले बताए । उनका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगन्ज, सुर्खेत, काठमाडौंतर्फ जाने यात्रु र नेपालगन्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिनु पर्ने अवस्था उत्पन्न भएको छ ।

मौसम सफा नभएसम्म हवाई उडान हुन नसक्ने रारा हवाई उड्डयन प्राधिकरणका प्रमुख रिमालले बताए ।

हवाई सेवा अवरुद्ध भएपछि यात्रुहरु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन् । हुम्लामा पनि वर्षाले तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । खराब मौसमका कारण बुधबारदेखि हवाई सेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी गराए । हवाई सेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् ।

हुम्ला र मुगुमा नेपालगन्जबाट तारा, समिट र सिता एयरलाइन्सहरुले उडान भर्दै आएका छन् ।

प्रकाशित : असार २१, २०८१ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×