कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

अझै खुलेन कर्णाली राजमार्ग र करिडोर 

कालिकोट — पहिरोले तीन दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग र करिडोर अझै खुलेको छैन । राजमार्गको विभिन्न ६ ठाउँ र करिडोरको ३ ठाउँमा पहिरो गएर पुर्णरुपले बन्द भएको कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक र कर्णाली करिडोर खुलालु हुम्ला सडकको पहिरोसहितको ढुंगा हटाउन नसक्दा सडक खुल्न नसकेको हो । 

अझै खुलेन कर्णाली राजमार्ग र करिडोर 

कर्णाली करिडोरको भुराबगर, भात्तडीलगायतका ठाउँको पहिरो हटाइए पनि रेगिंल भीरको पहिरो हटाउन बाँकी छ भने कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक अर्न्तगत कालीकोटको मान्मदेखि जुम्ला खण्डको पहिरो हटाइए पनि गगने खोला नजिकै खसेको ठूलो ढुंगा विष्फोट गराउनु पर्ने भएकोले सडक खुल्न नसकेको प्रजिअ गणेश नेपालीले बताए ।

'छिटो काम भयो भने भोलिसम्म खुल्छ कि ?,' प्रजिअ नेपालीले भने, 'ठूलो ढुंगा खसेकोले डोजरले पनि फाल्न सकिएन, ब्रेकरले फुटाउँदा पनि सम्भव भएन ।' उनले कम्प्रेसर मेसिनले १५ वटा जति होल खोपेर नेपाली सेनामार्फत विष्फोट गराउनुपर्ने अवस्था रहेको बताए ।

कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको गल्ली, मोल्फा, पिली, गाल्जे, खल्लागाडलगायतको पहिरो पन्छाएर सडक विभागका ३ वटै डोजर हुल्म दैखोला सडक खण्ड अर्न्तगत गगने खोला नजिकैको पहिरो र ढुंगा भएको ठाउँमा काम गरिरहेको डिएसपी अर्जुन केसीले बताए । उनकाअनुसार कर्णाली करिडोरको रेगिंलमा पनि पहरो पन्छाउने काम भइरहेको छ ।

कर्णाली राजमार्गको गगने खोला नजिकैको भीरबाट खसेको पहिरोसहितको ढुंगा विष्फोट गर्न नेपाली सेनाको हेड क्वाटरबाट आदेश लिएर भोलिसम्म विष्फोटको काम सकेर सडक सुचारु गर्न सकिने शमशेर गुल्म मान्मका सेनानी रन्जित कार्कीले बताए । 'ढुंगा निकै ठूलो छ ।,' उनले भने, 'विष्फोटमा खटिनेको ज्यान पनि जोखिममा हुने भएकाले विमा गर्नुपर्ने हुन्छ, प्रक्रिया पुरा गर्दा समय त लागि हाल्छ ।'

उनले कम्प्रेसरबो ब्यवस्था गरेर होल खोपेपछि विष्फोटको लागि टोली खटाइने जानकारी दिए । कर्णाली राजमार्ग र करिडोर दुवै अवरुद्ध हुँदा २ सय बढी यात्रु तथा मालबाहक गाडी बाटोमा अलपत्र छन् । यात्रुहरु पहिरो खसेको ठाउँदेखि पैदल हिडेर गन्तब्यतिर पुग्न बाध्य छन् ।

असार लागे यता कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक १७ पटक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए । 'मानवीय क्षति भएको छैन,' उनले भने, 'घर, गोठ र घट्ट गरेर १६ वटा क्षति भएका छन् ।'

उनकाअनुसार उक दर्जन बढी चौपाया पनि मरेका छन् ।

प्रकाशित : असार २४, २०८१ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×