१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

राजबहादुर शाही

राजबहादुर शाहीका लेखहरु :

चार महिनामा साढे ४ हजारले घुमे रारा

कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा चार महिनायता चार हजार पर्यटकले भ्रमण गरेका छन् । गत साउन १ देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक ४ हजार ४ सय ९०, सार्क मुलुकका २६ जनासहित अन्य विदेशी ९५ जना गरी चार महिनाभित्र ४ हजार ६ सय ११ जना पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । 

रारामा यो वर्षको पहिलो हिमपात 

नेपालकै उत्कृष्ट पर्यटकीय गन्त्व्य रारामा यो वर्षको पहिलो हिमपात भएको छ । आइतबार मध्यान्ह देखि मौसममा बदली भइ गए रातिबाट वर्षासँगै हिमपात भएको हो । 

कर्मचारी आन्दोलनले स्थानीय तहमा सेवा प्रवाह ठप्प  

जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीले अनिश्चितकालीन 'पेनडाउन' गरेपछि सेवाप्रवाह ठप्प भएको छ । संघीय निजामती विधेयकको विरोधमा असोज ५ गतेदेखि आन्दोलनमा उत्रिएका कर्मचारीहरुले सरकारले आफ्नो मागप्रति कुनै सुनुवाइ नगरेको भन्दै असोज १९ गतेदेखि अनिश्चितकालीन 'पेनडाउन' गरेका छन् । 

समिट एयरले दोस्रो फ्लाइटमार्फत चिकित्सकलाई नेपालगन्ज लग्यो

नेकपा माओवादी केन्द्रका नेताहरूका कारण रारा विमानस्थलमा रोकिएका चिकित्सक टोलीलाई समिट एयरले दोस्रो फ्लाइटमार्फत नेपालगन्ज लगेको छ । 

टिकट काटेका यात्रु छाडेर नेता लिई फर्कियो समिट

समिट एयरले रारा विमानस्थलबाट टिकट काटिसकेका यात्रु छाडेर नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितको नेताको टोली नेपालगन्ज पठाएपछि १६ जना यात्रु अलपत्र परेका छन् । अलपत्र पर्ने सबै चिकित्सक हुन्  । 

मुगुको आगलागीमा ४ करोड क्षति, २८ परिवार विस्थापित

मुगुको गमगढीमा गत शुक्रबार राति भीषण आगलागी हुँदा ४ करोड बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आगलागीका कारण २८ परिवार विस्थापित भएका छन् ।

मुगुको सोरुमा नवमी मेलाको रमझम

घरहरू कमेरो माटोले लिपेर चिटिक्क छन् । गाउँले हँसिला भएर मेलामा सहभागी छन् । धेरैले समूह समूहमा देउडा खेल्दै छन् । केही धामीका वरिपरि झुम्मिएका छन् । यो मुगुको सोरु गाउँपालिकाको भीइ गाउँ हो‚ जहाँ भीई नवमी गुरादेउता धार्मिक मेला भइरहेको छ ।

बर्सेनि जल्छ गमगढी

बर्सेनि आगलागीको भुङ्ग्रोमा पर्छ मुगु सदरमुकाम गमगढी । स्थानीयको असावधानी, आपसमा जोडिएका परम्परागत घर, पूर्वतयारीको अभावलगायत कारण गमगढीमा बर्सेनि आगलागी हुने गर्छ । शुक्रबार राति पनि भीषण आगलागी हुँदा गमगढीका ८ घर जलेर नष्ट भए ।

हिमालमा फैलिँदै डेंगी

छायानाथरारा नगरपालिका–५ का ४७ वर्षीय खडकराज कामी झन्डै ४ दिनसम्म कडा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, शरीर दुख्नेलगायत समस्या देखिएपछि सोमबार जिल्ला अस्पताल पुगे । जाँच गर्दा डेंगी संक्रमण देखिएपछि चिकित्सकको सल्लाहमा घरमै बसेर औषधि सेवन गरिरहेका छन् ।