कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

मुगुको बाम गाउँमा पुग्यो बिजुली

मुगु — राजबहादुर शाजिल्लास्थित छायाँनाथ रारा नगरपालिका १४ बाम गाउँमा राष्ट्रिय विद्युत् लाइन प्रसारण लाइन र गमगाढ जलविद्युत् आयोजनाको संयुक्त विद्युत् सेवा पुगेको छ । गाउँमा बिजुली बलेपछि स्थानीय खुसी भएका छन् । 

मुगुको बाम गाउँमा पुग्यो बिजुली

५० केभीको ट्रान्सफर राखेर बाम गाउँमा विद्युत् सेवा विस्तार गरिएको नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए । अब स्थानीयले मिटर बक्स राखेर घरमा विद्युत् बाल्न पाउने सुविधा प्रदान गरिएको उनको भनाइ छ ।

बाम गाउँवासी पुर्खादेखि सल्लोको दियालो बाल्दै आएका थिए ।

प्रकाशित : चैत्र २५, २०८० १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?