विद्यालयमा चट्याङ पर्दा २ शिक्षक र ३ विद्यार्थी घाइते
दैलेख — दैलेखको नौमुले गाउँपालिका ६ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा बुधबार दिउँसो २ बजेतिर चट्याङमा परी दुई शिक्षकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा कक्षा ५ मा अध्ययनरत छात्र ९ वर्षीय विश्व बिकास रावत, कक्षा ९ का यामबहादुर चन्द, कक्षा ७ का छात्रा १३ वर्षीया
लक्ष्मी गुरुङ, शिक्षक रमेश सिंह ठकुरी, प्रेमबहादुर चन्द रहेका छन् ।