२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सहकारी ठगी छानबिन समितिमै संशय

पाठक पत्र

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमतिसम्बन्धी समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

सहकारी ठगी छानबिन समितिमै संशय

हाल मुलुकमा देखा परेको प्रमुख समस्या भनेकै सहकारीको हो । नेपाल सरकारले सहकारी समस्या समाधान गर्न ठोस कानुन तर्जुमा गर्नैपर्छ । सहकारीलाई विश्वास गरेर अधिक ब्याजको लोभमा आफ्नो रगत पसिनाको कमाइ बचत गरेका लाखौं बचतकर्ता अहिले बिचल्लीमा परेका छन् । आफ्नो दैनिक गुजारा चलाउन र औषधोपचार गर्नसमेत नपाएर मर्नु न बाँच्नुको दोसाँधमा तड्पिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नै पहलकदमी लिएर सहकारीका समस्या समाधान गरी बचत रकम फिर्ता दिलाएर सच्चा अभिभावकको भूमिका निर्वाह गरिदिनु हुने विश्वासका साथ प्रतीक्षा गर्दै बसेका छन् । मुलुकमा बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई वैधानिक ठगी गर्ने संस्थाका रूपमा लिन खोज्दै छन् । मुलुकको तीन खम्बे अर्थनीतिअन्तर्गत निजी, सरकारी र सहकारीमध्ये सहकारीलाई बचाउनै पर्ने दायित्व नेपाल सरकारको काँधमा आएको छ ।
– सुरेन्द्र महर्जन

सरकार पनि जनतालाई आँखामा छारो हाल्न कहिले मिटरब्याज त, कहिले सहकारी ठगी जस्ता शब्द प्रयोग गरेर फन्डा फिजाउँछ । प्रतिपक्षी दल जनताको सार्वभौम संसद् अवरुद्ध गरें भनेर पुरुषार्थ देखाउँछ ।
– रामनाथ दाहाल

जान्छन् त रवि जेलमा ? नो चान्स, सत्ता आफ्नै छ, पावर आफ्नै । सबै डिसमिस हुन्छ ।
– किरण अधिकारी

आफैंमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउने भएपछि रवि लामिछाने नैतिकताका आधारमा पदमा बस्न मिल्दैन ।
– सूर्य तामाङ

सबै नयाँ–पुराना पार्टी मिली एकअर्काको पोल खोलाखोल गर्लान् भनेको त छोपाछोप गर्ने भए । नयाँको सहकारी काण्ड, पुरानाहरूको काण्डैकाण्ड ढाकछोप गर्ने सहमति । यसलाई भन्छन्– तैं चुप मैं चुप । राजनीतिक पार्टीहरू र तीसँग स्वार्थ गाँसिएकाहरूबीच पनि सम्झौता भए जस्तो छ ।
– ढुण्डी पौडेल

भन्न खोजेको के हो ? सहकारी ठग्नेबारे छानबिन समिति बनाउने अनि क्षेत्राधिकार तोक्ने । यसको अर्थ ठूला नेता/कार्यकर्तालाई छानबिन गर्न नपाउने भनिएको हो ? नेपालको कानुन के सिधासोझा जनतालाई मात्र हो ?
– फिरोज राई

व्यक्तिका लागि होइन, मुद्दाका लागि समिति बन्छ भनेकै थियो, यत्रो दिनको संसद् अवरोधको अर्थ के ?
– अशेष थपलिया

रविमा थोरै पनि नैतिकता छ भने भन्नुपर्छ प्रश्न उठिसकेपछि ममाथि नै छानबिन गरिनुपर्छ । यदि राष्ट्रिय स्वतन्त्र पार्टीले रविमाथिको छानबिनलाई स्वीकार गर्दैन भने यो सबभन्दा ठूलो अनैतिक प्रमाणित हुन्छ ।
– मलिक गुरुङ

हाल समस्याग्रस्त सहकारीका प्रायः सञ्चालक जेलमा छन् र सबैको छानबिन भइरहेको छ । ३–४ जना मात्र भागेका छन् । सबैलाई समातेर मुद्दा अगाडि बढिसकेको छ । सहकारी बचतकर्ताको पैसा फिर्ता हुन्छ । त्यो रवि गृहमन्त्री भएर गरेको हो । अनि अदालतमा मुद्दा चलिरहेको छ । समिति बनाउन मिल्छ ? कांग्रेस उफ्रिनु पर्दैन, बचतकर्ताले फिर्ता पाउँछन् ।
– सुमन राई

के कुरामा बार्गेनिङ मिल्यो होला !
– वियोग अनुपम

प्रकाशित : जेष्ठ ७, २०८१ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x