कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

बबईमा डुबेर दुई जनाको मृत्यु 

सल्यान — बबई नदीमा डुबेर सल्यानमा दुई जनाको मृत्यु भएको छ । घरनजिकैको बबई नदिमा माछा मार्न गएका कालिमाटी गाउँपालिका–७ थरिटोलका ३६ वर्षीय दिलबहादुर कार्की र ४ वर्षीय सुवास परियारको मृत्यु भएको छ ।

शनिबार दिउँसो बबई नदीमा माछा मार्न गएका दुई जना बेलुकी अबेरसम्म नफर्केपछि खोज्न जाँदा दुवै जनाको डुबेर मृत्यु भएको अवस्थामा आफन्तले फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले बताए ।

दुवै जनाको शव पोस्टमार्टमका लागि भेरी उपक्षेत्रीय अस्पताल नेपालगन्ज लगिएको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।




प्रकाशित : जेष्ठ ६, २०८१ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x