कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेश योजना आयोग पदाधिकारीविहीन भएको छ । गत चैत्र २७ गतेबाट आयोग पदाधिकारीविहीन बनेको हो । कर्णालीको सरकार फेरबदलले आयोग पदाधिकारीविहीन बन्न पुगेको हो ।

पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

आयोग उपाध्यक्ष र २ जना सदस्यविहीन भएको छ । आयोग पदाधिकारीविहीन भएपछि कामकाज प्रभावित भएको छ ।

पदाधिकारी नहुँदा पदाधिकारीले गर्ने नीति निमार्णका कामहरू रोकिएका आयोगका सूचना अधिकारी भीमनारायण खरालले बताए । उनका अनुसार अहिले आयोगबाट कर्मचारीहरुले गर्ने प्रशासनिक कामहरु मात्र भएका छन् । पदाधिकारीले गर्ने सबै काम ठप्प छन् ।

प्रदेश योजना आयोग पदाधिकारीविहीन बनेपछि दोस्रो पञ्चवर्षीय योजना निर्माणको काम पनि अन्योलमा परेको छ । कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको प्रथम पञ्चवर्षीय योजना कार्यान्वयनको अवधि चालु आर्थिक वर्षसँगै सकिँदैछ । सरकारले २०७६/०७७ देखि २०८०/०८१ सम्म कार्यान्व्यन गर्ने गरी पञ्चवर्षीय योजना ल्याएको थियो । उक्त योजनाको समयावधि सकिने बेला हुँदासम्म पनि दोस्रो पञ्चवर्षीय योजनाको तर्जुमा प्रक्रिया अघि बढ्न सकेको छैन । पञ्चवर्षीय योजना निर्माणको पहिलो चरणको मस्यौदा निर्माणको काम भने भएको छ । अन्य काम अघि बढ्न सकेका छैनन् । वैशाखसम्म पञ्चवर्षीय योजना निर्माणको काम सक्ने तयारी थियो ।

मुख्यमन्त्री यामलाल कँडेलले योजना आयोग पदाधिकारीविहीन हुँदा केही कामहरू प्रभावित भएपनि कामहरु पूर्णतया नरोकिएको दाबी गरे । छिट्टै योजना आयोगले पूर्णता पाउने उनको भनाइ थियो ।

प्रकाशित : जेष्ठ ३, २०८१ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×