कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

त्रिपालको भरमा ऐतिहासिक दरबार

हरिहरसिंह राठौर

जाजरकोट — गत कात्तिक १७ मा गएको भूकम्पले क्षतिग्रस्त ऐतिहासिक दरबारलाई जोगाउन त्रिपालले छोपिएको छ । जिल्ला प्रशाासन कार्यालयले प्रयोग गर्दै आएको दरबारभित्र वर्षातको पानी चुहिन थालेपछि त्रिपालले ढाकिएको हो । यो दरबार वि.सं. १८५२ मा तत्कालीन जाजरकोटका राजा इन्द्रनारायण शाहका पालामा निर्माण भएको बताइन्छ ।

त्रिपालको भरमा ऐतिहासिक दरबार

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले २ सय २८ वर्ष पुरानो ऐतिहासिक जाजरकोट दरबारलाई तत्काल ढल्न नदिन त्रिपालले ढाकिएको बताए । डिभिजन वन कार्यालयको करिब ४ लाख सहयोगपछि त्रिपालले ढाक्ने काम गरिएको उनले बताए ।

सरकारको स्वामित्वमा रहेको यो दरबारमा भूकम्प जानुअघि जिल्ला प्रशासनको कार्यालय बस्दै आएको थियो । ऐतिहासिक विरासत बोकेको यो दरबार भित्रभित्रै मक्किएको छ । १९९० सालको भूकम्पले भत्किएपछि यो दरबारको पुनर्निर्माण गरिएको थियो । त्यतिबेला सात तलाको दरबारलाई चार तला मात्रै कायम गरिएको थियो । तर यसपटकको भूकम्पले पुनः दरबारलाई नराम्ररी क्षति पुर्‍याएको छ ।

प्रकाशित : श्रावण ११, २०८१ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×