कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

भीरबाट लडेर सल्यानमा वृद्धाको मृत्यु 

भाद्र २२, २०८१

सल्यान — भीरबाट लडेर सल्यानमा एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका-२ गुराँसे घर भएकी ७४  वर्षीया रेतीदेवी कामीको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको हो । 

छोरीको घरमा बसेकी वृद्धा दही लिन जाने क्रममा बाटोमा चिप्लिएर लडेकी र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि रेशमबहादुर खत्रीले बताए ।

उनका अनुसार वृद्धा सडकदेखि १ सय ५० मिटर तल खोचमा खसेकी थिइन् । वर्षाको भेलले बगाएर ल्याएको ढुंगामाटोले आधा शरीर पुरिएको अवस्थामा वृद्धाको शव भेटिएको प्रनि खत्रीले जानकारी गराए । कामीको शव पोष्टमार्टमको लागि शनिबार जिल्ला अस्पताल सल्यानमा ल्याइएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र २२, २०८१ १२:०७
x
×