कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यात्रुले धकेल्दै गरेको गाडीमा पहिरो खस्दा क्षति

भाद्र २८, २०८१
यात्रुले धकेल्दै गरेको गाडीमा पहिरो खस्दा क्षति

जुम्ला — कालीकोट जिल्लाको हुल्म नजिकै यात्रुहरुले धकेलेर स्टार्ट गर्न खोजिरहेको गाडीमा पहिरो खस्दा गाडीमा क्षति पुगेको छ । प्रहरीका अनुसार मानवीय क्षति भएको छैन । 

कर्णाली राजमार्ग सञ्चालनमा आएको केहीबेरमै हुल्ममा पुनः पहिरो खसेको हो । कालीकोटका प्रमुख जिल्ला अधिकारी गोविन्द नेपालीले गाडी स्टार्ट गर्न धकेलिरहेका बेला पहिरो खसेको बताए । उनले भने, ‘मानवीय क्षति नगरे पनि पहिरोले गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।’ चालक र सहचालकले भागेर ज्यान जोगाएका छन् ।

यात्रुहरु झरिसकेकोले मानवीय क्षति भएन । झारेर गाडी गुडाइँदै थियो । पहिरो खसेको थियो । गाडीपूर्ण रुपमा क्षति भएपछि यात्रु अलपत्र परेका छन् ।

प्रकाशित : भाद्र २८, २०८१ १९:३८
×