कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

कर्णाली राजमार्गमा हाइस दुर्घटना, ८ जना घाइते

भाद्र २२, २०८१
कर्णाली राजमार्गमा हाइस दुर्घटना, ८ जना घाइते

कालीकोट — कर्णाली राजमार्गको तिलागुफा-५ खल्लागाडमा एसएमएल हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । 

जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । घाइतेमध्ये ५ को अवस्था चिन्ताजनक छ भने ३ जना सामान्य छन् । १८ जना सवार गाडी सडकमै पल्टिएको छ ।

सुर्खेत जाँदै गरेका सिंजा-३ का ५२ वर्षीय धनमाने सार्की, ६० वर्षीय मनजीते सार्की, ६५ वर्षीया जर्मा सुनार, ६४ वर्षीया मनकन्या चौलागाईं, जुम्ला कनकासुन्दरी-६ का ३९ वर्षीय कर्ण भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले बताए ।

त्यस्तै, कालीकोटको तिलागुफाका तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाईं र पूर्णप्रसाद चौलागाईं पनि घाइते भएको प्रत्यक्षदर्शी सदानन्द तिमिल्सिनाले बताए ।

घाइतेको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । गाडीको ब्रेक नलागेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित : भाद्र २२, २०८१ १६:५९
×