कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

पहिरोले राप्ती र मदन भण्डारी राजमार्ग अवरुद्ध 

भाद्र २१, २०८१
पहिरोले राप्ती र मदन भण्डारी राजमार्ग अवरुद्ध 

सल्यान — अविरल वर्षापछिको पहिरोले राप्ती राजमार्ग र मदन भण्डारी राजमार्गको तुलसीपुर–सल्यान कालिमाटी–सुर्खेत खण्ड बिहीबार रातिदेखि अवरुद्ध भएका छन् ।

जिल्लाको कपुरकोट गाउँपालिकाको चोरखोला, राम्रीमा गएको पहिरोले राप्ती राजमार्ग र कालिमाटी गाउँपालिका ४ टटेलीको पहिरोले तुलसीपुर–कालिमाटी–सुर्खेत सडक अवरुद्ध भएका हुन् । दुवै मार्गमा सवारी साधन आवतजावत हुन नसक्दा यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।

चोरखोलाको पहिरो हटाए पनि राम्रीको हटाउन नसक्दा राप्ति राजमार्ग बिहीबार रातिदेखि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । राम्रीमा र टटेलीमा डोजर लगाएर पहिरो हटाउने काम भइरहेको छ ।

रातिको वर्षाका कारण जिल्लाका अन्य ग्रामीण सडक पनि अवरुद्ध रहेको उनले बताए ।

प्रकाशित : भाद्र २१, २०८१ ०९:२६
x
×