कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

अवरुद्ध राप्ती र मदन भण्डारी राजमार्ग १२ घन्टापछि सञ्चालनमा

भाद्र २१, २०८१
अवरुद्ध राप्ती र मदन भण्डारी राजमार्ग १२ घन्टापछि सञ्चालनमा

सल्यान — अविरल वर्षापछिको पहिरोले अवरुद्ध राप्ती र मदन भण्डारी राजमार्ग १२ घन्टापछि सञ्चालनमा आएका छन् । जेसीबीले पहिरो हटाएपछि अवरुद्ध राप्ती र मदन भण्डारी राजमार्ग १२ घन्टापछि सञ्चालनमा आएका हुन् । 

बिहीबार बेलुकीदेखि परेको अविरल वर्षातपछि जिल्लाको कपुरकोट गाउँपालिकाको चोरखोला, राम्रीमा गएको पहिरोले राप्ती राजमार्ग र कालिमाटी गाउँपालिका-४ टटेलीमा गएको पहिरोले मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने तुलसिपुर–कालिमाटी–सुर्खेत सडक राती ८ बजेदेखि अवरुद्ध भएका थिए ।

जेसीबीले पहिरो हटाएपछि रातिदेखि रोकिएका गाडीहरू अहिले यात्रु लिएर गन्तब्यतिर गएका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि रेशमबहादुर खत्रीले बताए । जेसीबीले पहिरो पन्छाए पनि सडक हिलाम्मे, साँघुरो र यात्रा जोखिम भएकाले उच्च सतर्कता अपनाउँदै सवारी चलाउन उनले व्यवसायीलाई आग्रह गरेका छन् ।

प्रकाशित : भाद्र २१, २०८१ १२:०९
×