नेकपा ओली समूहका नवनियुक्त केन्द्रीय सदस्य एवं धादिङका अध्यक्ष नेत्र पौडेलले राजनीतिबाट संन्यासको घोषणा गरेका छन् ।आइतबार अपरान्ह सामाजिक संजाल फेसबुकमा मर्मस्पर्शी सन्देश लेख्दै पौडेलले अब आफूले राजनीतिक यात्रा छाडेको र सामाजिक काममा क्रियाशील भएर लाग्ने बताएका छन् ।
प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी र डुबान क्षेत्र नटुंगिएका कारण मध्यपहाडी राजमार्गको धादिङमा पर्ने ८५ किलोमिटर खण्ड निर्माण अवरुद्ध भएको छ ।
विगत ३० वर्षदेखि पत्रकारितामा संलग्न सीताराम बर्माको शुक्रबार बिहान निधन भएको छ । गत कात्तिक १ गते कोरोना संक्रमणकै कारण श्रीमती गुमाएका बर्माको ७९ वर्षको उमेरमा बिहान ६ बजे ग्वार्कोस्थित किस्ट अस्पतालमा निधन भएको हो ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे—१ खयरघारीमा भैंसी बोकेको ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका ३१ बस्ने २४ वर्षका शेख अली अख्तर छन् ।
धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह खोलामा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । मंगलबार बिहान धादिङबेसीबाट काठमाडौं जाँदै गरेको बा १५ च ३५०४ नम्बरको जीप ससाहामा सडकबाट लगभग एक सय मिटर तल खसेको थियो ।
धादिङको सिद्धलेकका महिलाहरू यो वर्षको दसैंमा ५ हजार ५ सय वटा खसीबोका बेच्ने तयारीमा छन् । स्थानीय उपहार महिला कृषक सहकारीले बेच्नलायक खसीबोकाको विवरण तयार गरिसकेको छ ।
धादिङको नीलकण्ठ नगरपालिका–३ धादिङबेसीका एक २२ वर्षीय युवकको कोरोना संक्रमणका कारण सोमबार मृत्यु भएको छ । असोज २२ गते कोरोना पुष्टि भएका ती युवकलाई थप उपचारका लागि काठमाडौंको सुमेरु अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको सिम्लेमा गुडिरहेको बसमा एक्कासि आगलागी भएको छ । हेटौंडाबाट काठमाडौ आउँदै गरेको ना ५ ख ६९० नम्बरको बसमा सोमबार बिहान ३ बजेतिर एक्कासि आगो लागेको हो ।