कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

भेरीमा डुबेर बेपत्ता 

जाजरकोट — भेरी नदीमा नुहाउन गएका जाजरकोटका एक युवा बेपत्ता भएका छन् । 

जाजरकोटको शिवालय गाउँपालिका ३ सीमाका २४ वर्षीय कमल बुढा भेरीमा डुबेर बेपत्ता भएका हुन् । बिहीबार दिउँसो रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ मा पर्ने भेरी नदीमा नुहाउन गएका बुढा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक एवम् डीएसपी नवराज पोखरेलले बताए ।

डीएसपी पोखरेलका अनुसार चौरजहारी नगरपालिका ३ टाटागाउँमा निर्माणाधीन ५० शय्याको रुकुम चौरजहारी अस्पतालमा मजदुरी गर्ने बुढा अपराह्न गर्मी छक्न नुहाउनको लागि भेरीमा गएका थिए ।

बुढा भेरी नदीमा बेपत्ता भएको सूचना प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय, चौरजहारी र जाजरकोट कुदुबाट खोजतलासको लागि प्रहरी टोली घटनास्थल पठाइएको डीएसपी पोखरेलले बताए । स्थानीयवासी र प्रहरीले बेपत्ता बुढाको खोज कार्य जारी राखेका छन् ।

प्रकाशित : चैत्र २९, २०८० २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?