कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

श्रीमती हत्या गरेर फरार भएका व्यक्ति १७ वर्षपछि पक्राउ 

जाजरकोट — श्रीमती हत्या गरि फरार रहेका एक अभियुक्तलाई प्रहरी १७ वर्षपछि जाजरकोटबाट पक्राउ गरेको छ ।  १७ वर्षअघि वीरेन्द्रनगर नगरपालिका–१० लाटिकोइलीकी २४ वर्षीय श्रीमती गौरी विक रावतलाई हत्या गरेर फरार रहेका रामबहादुर रावतलाई प्रहरीले जिल्लाको जुनीचाँदेबाट पक्राउ गरेको हो । 

सुर्खेतको साविक लाटिकोइली-५ मा श्रीमती गौरीलाई विवाह गरेको एक महिनामा रामबहादुरले २०६३ असार ९ मा लाठीप्रहारबाट हत्या गरी गाई गोठमा शव फालेर फरार भएका थिए ।

विगत १७ वर्षदेखि फरार अभियुक्त रामबहादुर गत २१ गते पक्राउ परेका हुन् । श्रीमतीको हत्या गरे लगत्तै १० वर्षसम्म भारतमा लुकेर बसेका रामबहादुर २०७३ वैशाखमा आफनो पुरानो बसोबास रहेको जाजरकोटको जुनिचाँदेको काप्रामा फर्केर अर्को विवाह गरी बसेका थिए।


प्रकाशित : चैत्र २७, २०८० १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?