कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

जाजरकोटमा खोलाले बगाउँदा बालक बेपत्ता

भाद्र २२, २०८१
जाजरकोटमा खोलाले बगाउँदा बालक बेपत्ता

जाजरकोट — जिल्लाको नलगाड नगरपालिका-३ कैनामा झुप्रे खोलाले बगाउँदा ६ वर्षीय महान थापा बेपत्ता भएका छ्न् ।

बिहान १० बजेतिर साथीहरुसँग नजिकैको खोलामा पौडी खेल्न गएका महान बेपत्ता भएका दल्लीस्थित प्रहरीले जनाएको छ । बेपत्ता बालक स्थानीय कैनबजारका युवा व्यवसायी हरिचन्द्र थापा र बृहस्पति पुनका छोरा हुन् ।

उनको परिवारजन, प्रहरीलगायतले खोजी गरिरहेका छन् ।


प्रकाशित : भाद्र २२, २०८१ १७:३३
×