२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
सरकारको नीति तथा कार्यक्रम

समितिको क्षेत्राधिकारबारे सरकार र प्रतिपक्षबीच जुटेन सहमति

जेष्ठ ११, २०८१

सहकारी बचत अपचलन प्रकरण छानबिनका लागि प्रस्ताव गरिएको संसदीय समितिको क्षेत्राधिकारको विषयलाई लिएर सरकार र प्रतिपक्ष आ–आफ्नो अडानमा देखिएका छन् । सहकारी ठगी आरोप लागेका उपप्रधान तथा गृहमन्त्री...

नीति तथा कार्यक्रम : खाद्य प्रशोधन उद्योगदेखि आत्मनिर्भरसम्म

सरकारले औद्योगिक क्षेत्रसरह कृषिमा पनि ‘लगानी दशक’ घोषणा गरेको छ । संसद्को संयुक्त बैठकमा मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि प्रणालीको विकास गर्न कृषिमा लगानी दशक बनाइने बताए । 

स्टार्टअप व्यवसायीलाई सहुलियत कर्जा

सरकारले आगामी आर्थिक वर्षभित्र एक हजार स्टार्टअप व्यवसायीलाई सहुलियत कर्जा दिने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कम्तीमा १ हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिइने बताएका हुन् । 

दोहोरिए घर–जग्गासम्बन्धी नीति

सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित र मूल्यांकन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गरिने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घरजग्गा कारोबारलाई व्यवस्थित गर्न कानुनी तथा संरचनागत सुधार गरिने बताएका हुन् ।

विस्फोटक पदार्थ उत्पादन अब स्वदेशमै

सरकारले प्रतिरक्षा र गृह प्रशासन सुधार कार्ययोजना प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम तय गरेको छ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको कार्यसम्पादन व्यवस्थित र प्रभावकारी बनाउने तथा सुशासन प्रवर्द्धन गर्नेसहितका विषयलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८१/८२ को योजना सार्वजनिक गरेका हुन् । 

शिक्षकलाई राजनीतिमा बन्देज

सरकारी, सामुदायिक तथा संस्थागत शिक्षालयका प्राध्यापक, शिक्षक वा कर्मचारी राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था पूर्ण कार्यान्वयन गरिने सरकारले घोषणा गरेको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त व्यवस्था कार्यान्वयन गरिने उल्लेख गरेको हो । यसअघि नै शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न देशभरका मातहतका निकायमा सर्कुलर गरिसकेकी छन् ।

बिजुली उत्पादन ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य

सरकारले आगामी आर्थिक वर्षभित्र कुल विद्युत् जडित क्षमता ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ । संसद्को संयुक्त सदनमा मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षभित्र कुल जडित विद्युत् क्षमता ४५ सय मेगावाट पुर्‍याउने बताएका हुन् । चालु आर्थिक वर्षको हालसम्म कुल जडित विद्युत् क्षमता २ हजार ९ सय ४० मेगावाट पुगेको उनको भनाइ छ । 

राष्ट्रपतिले पाएनन् धन्यवाद

संसद्को संयुक्त बैठकमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेलले धन्यवाद समेत पाएनन् । धन्यवाद दिने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्ष कांग्रेसले बैठक अवरुद्ध गरेपछि संसद्को अभ्यासमा सम्भवतः पहिलो पटक त्यो हुन सकेन ।

‘डिजिटलाइजेसन’ र कृषिमा लगानी दशक घोषणा

सरकारले ‘राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने’ भन्दै कृषि, सूचना प्रविधि र आधुनिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारीका लागि भन्दै ‘डिजिटलाइजेसन र कृषिमा लगानी दशक’ घोषणा गरेको छ । 

नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जाग्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको नीति तथा कार्यक्रम बजेटमा समावेश गर्न सके आशा जाग्ने बताएका छन् । 

राष्ट्रपतिलाई धन्यवाद दिन नदिई कांग्रे‍सले सामान्य शिष्टाचार राखेन : मन्त्री पुन 

नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई संघीय संसद्का दुवै सदनले धन्यवाद दिन पनि पाएनन् । राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने बजेट आउँछ : अर्थमन्त्री पुन

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राम्रो आएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि मन्त्री पुनले बजेटले नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी आउने बताए ।

नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधारको जग बसाल्यो : उपसभापति वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले नीति तथा कार्यक्रमले बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयनमा जाने गरी क्रमिक सुधारहरूका बीउहरू रोपेको बताएका छन् ।

नीति तथा कार्यक्रममाथि छलफल गर्नुको अर्थ छैन : पूर्वअर्थमन्त्री महत

प्रमुख प्रतिपक्षी दलका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा छलफल गर्नुको अर्थ नभएको बताएका छन् । पुरानै ढर्राको नीति तथा कार्यक्रम आएको पनि उनको टिप्पणी थियो । 

यी हुन् सरकारको नीति तथा कार्यक्रमका मुख्य व्यवस्था

आगामी आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा  राखिएका मुख्य प्रावधान यस्ता रहेका छन् ।

सरकारको नीति तथा कार्यक्रम : 'एआई' रणनीति तयार गरिने

सार्वजनिक सेवाको निर्बाध सञ्चालनका लागि सूचना तथा प्रविधसँग सम्बन्धित संवेदनशील पूर्वाधार बनाउन र कार्यान्वयनका लागि राष्ट्रिय कृत्रिम बौद्धिकता रणनीति तयार गरिने विषय आगामी नीति तथा कार्यक्रममा समावेश छ । साथै, कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोगसम्बन्धी सम्भाव्यता अध्ययन गरिने पनि भनिएको छ । 

सरकारी निकायमा स्वेदशी सफ्टवेयर प्रयोग गरिने

सरकारले अब आफैंले विकासका गरेका सूचना प्रविधि प्रणाली र सफ्टवेयरहरू सार्वजनिक निकायमा प्रयोग गर्ने दाबी गरेको छ । आगामी नीति तथा कार्यक्रममा सरकारी क्षेत्रबाट निर्माण गरिने सफ्टवेयरलाई प्राथिकता दिइने उल्लेख छ ।

गोलीगठ्ठा र बिस्फोटक पदार्थ स्वदेशमै उत्पादन, सीमा सुरक्षामा विशेष कार्यक्रम

सरकारले प्रतिरक्षा र गृह प्रशासन सुधार प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम तय गरेको छ ।  आब २०८१/८२ का लागि तर्जुमा भएको वार्षिक नीति तथा कार्यक्रम संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमार्फत राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिरक्षा र गृह प्रशासन सुधारसहितका योजना सार्व जनिक गरेका हुन् ।

इन्टरनेट सेवा प्रदायकलाई आपसमा गाभिन प्रोत्साहन गरिने

टेलिभजन, एफएम रेडियोसँगै इन्टरनेट सेवा प्रदायकलाई एकआपसमा गाभिन सरकारले प्रोत्साहन गर्ने नीति अवलम्बनको घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले टेलिभजन, एफएम र इन्टरनेट सेवा प्रदायकलाई एकआपसमा गाभिन प्रोत्साहन गरिनेबारे जानकारी दिए ।