कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

नीति तथा कार्यक्रममाथि छलफल गर्नुको अर्थ छैन : पूर्वअर्थमन्त्री महत

काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा छलफल गर्नुको अर्थ नभएको बताएका छन् । पुरानै ढर्राको नीति तथा कार्यक्रम आएको पनि उनको टिप्पणी थियो । 

नीति तथा कार्यक्रममाथि छलफल गर्नुको अर्थ छैन : पूर्वअर्थमन्त्री महत

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि टिप्पणी गर्दै महतले प्रतिपक्षले लामो समयदेखि उठाएका माग र सर्वसाधरणको आशालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम नआएको बताएका हुन् ।

विगतका सरकारहरूले पनि लामो नीति तथा कार्यक्रम ल्याउने गरेको र यो सरकारले पनि त्यो परम्परालाई निरन्तरता दिएको महतको भनाइ थियो ।

‘सरकारको भनाई र गराईमा आकाश जमिनको फरक छ । यति लामो नीति तथा कार्यक्रमको पक्षमा म छैन । यति लामो कार्यक्रम राख्न आवश्यक छैन । पुरानै ढर्रामा आएको छ । जुन ढंगमा सरकार चलेको छ, सुशासनको कुरा कार्यक्रमले गरेको छ, भ्रष्टाचार उन्मुक्तिका कुरा गरेको छ । तर सरकारमा बस्नेहरूले गरेको दुरुयोगलाई ढाकछोप गरिरहेको छ,' महतले भने, 'कांग्रेसले लामो समयदेखि संसद्मा माग उठाइरहेको छ । यो विषयलाई केही भएको छैन जसरी बसेको छ । नीति तथा कार्यक्रममा सुशासनको कुरा उठाएको छ, त्यसको अर्थ छैन । अहिले राज्य संरचनाको दुरुयोग भएको छ त्यसलाई अनुशासनमा ल्याउने कुरालाई समाप्त पारिएको छ । बजेटलाई अनुशासनमा ल्याउने काम थालेका थियौं, ३ करोड केन्द्रबाट दिनेकुरा गर्दै हुनुहुन्छ । बजेट वितरणमुखी कार्यकर्तामुखी बजेट ल्याउँदै हुनुहुन्छ । त्यसको अभ्यास नीति तथा कार्यक्रमले गरेको छ ।'

नीति तथा कार्यक्रमलाई समग्र विषयलाई छोएको तर ठोस कुरा नल्याएको महतको भनाइ थियो ।

प्रकाशित : जेष्ठ १, २०८१ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×