कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सरकारी निकायमा स्वेदशी सफ्टवेयर प्रयोग गरिने

काठमाडौँ — सरकारले अब आफैंले विकासका गरेका सूचना प्रविधि प्रणाली र सफ्टवेयरहरू सार्वजनिक निकायमा प्रयोग गर्ने दाबी गरेको छ । आगामी नीति तथा कार्यक्रममा सरकारी क्षेत्रबाट निर्माण गरिने सफ्टवेयरलाई प्राथिकता दिइने उल्लेख छ ।

सरकारी निकायमा स्वेदशी सफ्टवेयर प्रयोग गरिने

संघीय संसद्मा मंगलबार आव २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवेयर सरकारी क्षेत्रबाट निर्माण गरिने बताए । योसँगै सार्वजनिक निकायले प्रयोग गर्ने सूचना प्रविधि प्रणालीको मापदण्ड निर्धारण गर्ने पनि उनले जानकारी दिए ।

‘सार्वजनिक निकायले प्रयोग गर्ने सूचना प्रविधि प्रणालीको मापदण्ड निर्धारण गरी सुरक्षित र भरपर्दो बनाइनेछ,’ उनले भने, ‘सार्वजनिक निकायमा प्रयोग भइरहेका हार्डवेयर, सफ्टवेयर, नेटवर्क, साइबर सुरक्षा लगायतका सूचना प्रविधि प्रणालीको प्राविधिक परीक्षण गरिनेछ ।’ उनका अनुसार सुचना प्रविधिसम्बद्ध निकायको पुन: संरचना गरी सेवा प्रवाह प्रभावकारी बनाउनले सरकारको योजना छ ।

प्रकाशित : जेष्ठ १, २०८१ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×