अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय आवश्यक : गृहमन्त्री

भाद्र २२, २०८१

कान्तिपुर संवाददाता

Coordination between law enforcement agencies is necessary to control international crime: Home Minister

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतीलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् ।

इन्टरपोल स्थापनाको शताब्दी दिवसको सन्दर्भमा शनिबार प्रहरी प्रधान कार्यालयमा भएको विशेष समारोहमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले अपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुने भन्दै यस्ता अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रियस्तरमा विशेषज्ञताहरू, असल अभ्यास एवम् आपसी सूचना आदान प्रदान हुनुपर्ने बताए ।

उनले समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्नेमा जोड दिए । 

कान्तिपुर

Link copied successfully