कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधारको जग बसाल्यो : उपसभापति वाग्ले

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले नीति तथा कार्यक्रमले बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयनमा जाने गरी क्रमिक सुधारहरूका बीउहरू रोपेको बताएका छन् ।

नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधारको जग बसाल्यो : उपसभापति वाग्ले

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै वाग्लेले विगतमा कार्यक्रममा ठूला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने कर्मकाण्डमा सीमित हुने परम्परालाई यो नीति तथा कार्यक्रमले तोडेको बताए ।

‘सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रस्थान गर्ने खालको आएको छ । विगतमा कार्यक्रममा ठूला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने कर्मकाण्डमा सिमित थियो । यो वर्ष ठूला कुरा नगरौं तर क्रमिक सुधारहरू (इन्क्रिमेन्टल रिर्फम) हरेक मन्त्रालयमा गरेर हेरौं भन्ने बिउ सबै मन्त्रालयमा राखेको पाए । 'दर्जनौं क्रमिक सुधारहरूका बिउ यसपालि राखिएका छन्,' वाग्लेले भने, 'त्यो भनेको बजेटसँग मिल्ने सम्भावना बढेको छ । बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना देखिएको छ ।'

प्रमुख प्रतिपक्ष कांग्रेसले नीति तथा कार्यक्रम पुरानै ढर्राको भएको भनी गरेको टिप्पणी सही नभएको पनि वाग्लेको भनाइ थियो । 'विगत ३२ वर्षमा सबै भन्दा बढी शासन गरेको पार्टीले नीति तथा कार्यक्रम पुरानै शैली भन्नु भनेको आफ्नो कमजोरीको स्वीकारोक्ति हो । नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधार गर्ने जग बसालेको छ । नीति तथा कार्यक्रममा टेकेर बजेट आउँदैछ,’ उनले भने ।

प्रकाशित : जेष्ठ १, २०८१ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×