कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जाग्छ : अध्यक्ष ढकाल

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको नीति तथा कार्यक्रम बजेटमा समावेश गर्न सके आशा जाग्ने बताएका छन् । 

नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जाग्छ : अध्यक्ष ढकाल

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि अध्यक्ष ढकालले नीति तथा कार्यक्रमका प्रतिबद्धताअनुसार सरकारले बजेट ल्याए निजी क्षेत्र सकारात्मक रहेको बताएका हुन् । नीति तथा कार्यक्रम राम्रो भए पनि सरकारले गर्ने कार्यान्वयन हेर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो ।

उनले सरकारले नीति तथा कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गर्ने धेरै कार्यक्रम ल्याएको पनि बताए । ‘नीति तथा कार्यक्रमका प्रतिबद्धता अनुसार सरकारले बजेट ल्याउनुपर्छ । नीति तथा कार्यक्रम कार्यान्वयनमा भर पर्छ । सरकारले नीति तथा कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गर्ने धेरै कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रमको आधारमा आउने बजेट र कार्यान्वयनमा भरपर्छ । सरकारले नीति तथा कार्यक्रममा कृषि र उत्पादनलाई प्राथमिकता राखेको छ,' अध्यक्ष ढकालले भने, 'त्यसलाई बजेटमा सम्बोधन गरी कार्यान्वयनमा लैजान सक्यो भने आशा जगाउने खालको कार्यक्रम छ । अर्थतन्त्रमा देखिएको सिथिलता हटाउने गरी अब बजेट आउनुपर्छ ।’

सरकारले नीति तथा कार्यक्रममा कृषि र उत्पादनलाई प्राथमिकता राखेकाले पनि सकरात्मक भएको अध्यक्ष ढकालको भनाइ थियो ।

प्रकाशित : जेष्ठ १, २०८१ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×