अख्तियार दुरुपयोग अनसुन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीमाथि प्राध्यापक पदको किर्ते कागजात पेस गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीविरुद्ध किर्त कागजात खडा गर्ने कार्यको मतियार बनेको भन्दै आयोगले उनीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
सरकारले सुरक्षाकर्मी हत्या अभियोगमा फरार सांसद लक्ष्मी महतो कोइरी र भ्रष्टाचार मु्द्दा चलिरहेका उद्योगी पशुपति मुरारकासहित ६ जनाको विभूषण रद्द गरेको छ । मन्त्रिपरिषद्को गत साता बसेको बैठकले उनीहरूको विभूषण रद्दको निर्णय गरेको हो ।
मुलुकमा सडक दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिको अवस्था पनि डरलाग्दो छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ यता सडक दुर्घटनाबाट १२ हजार ९ सय ९६ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ८६ जना अंगभंग भएका छन् ।
सेती नदीको खोंचमा यती एयरको विमान खसेको खबर पाएको १० मिनेटभित्रै सेना, प्रहरी र सशस्त्रका सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए । विमानमा आगो दनदनी लागिरहेको थियो । सुरक्षाकर्मीसँग आगो निभाउन न पानी वा दमकल थियो न अन्य उपकरण ।
सरकारले नदीजन्य पदार्थको अवैध उत्खनन, दोहन र राजस्व चुहावट नियन्त्रण गर्न क्रसर उद्योग सञ्चालनसम्बन्धी कठोर कानुन प्रस्ताव गरेको छ । बिनादर्ता, बिनानवीकरण र तोकिएका सर्त तथा बन्देजविपरीत खोलिएका क्रसरका सञ्चालकलाई फौजदारी अपराधमा कारबाही गर्न सकिने प्रावधानसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलो पटक कानुनको मस्यौदा गरेको हो ।
गृह मन्त्रालयले अवैध क्रसर उद्योग बन्द गर्न ७७ वटै जिल्ला प्रशासन र प्रहरीलाई निर्देशन दिएको एक सातामा ६ सय ३५ उद्योगमा ताला लागेको छ, त्यति नै संख्यामा अवैध क्रसर निर्बाध सञ्चालन भइरहेका छन् । अवैध क्रसर सञ्चालन गर्न दिने र त्यसबाटै नाजायज लाभ लिनेमा दलका नेता, प्रशासन, प्रहरी र स्थानीय तहका पदाधिकारी अगाडि छन् ।
राजनीतिक दलका नेता र शक्तिकेन्द्रको संरक्षणमा बसेर शंकास्पद आर्थिक कारोबार गर्दै आएका बिचौलिया दीपक भट्ट सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका छन् । भट्ट र उनको एकल स्वामित्वमा रहेको ‘इन्फिनिटी होल्डिङ्स’ मार्फत भएका विभिन्न कारोबारको स्रोत नखुलेपछि राष्ट्र बैंकको सिफारिसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसँग बयानसमेत लिइसकेको छ ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संरक्षणमा शंकास्पद रकम ओसारपसार गरेका अछामका पृथ्वी शाहमाथि कानुनी कारबाही बल्ल अघि बढेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
नेपालमा कम्पनी खडा गरेर अमेरिकाबाट शंकास्पद रकम भित्र्याएका अछामका पृथ्वी शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेसँगै विगतमा उनले गरेका आपराधिक गतिविधि पनि सतहमा आएका छन् ।