कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाको सीमामा रहेको बल्खु खोलाको खोचमा अहिले धमाधम पार्क बन्दै छ । चन्द्रागिरी नगरपालिका– १५ ले भिरमा रहेको २७ रोपनी जग्गामा साहसिक खेल गतिविधिसमेत सञ्चालन गर्न मिल्ने गरी संरचना बनाइरहेको छ । उक्त पार्कलाई ‘भिराडिल खाइके साकुरा’ नाम दिइएको छ ।
कोभिड–१९ महामारीका कारण यस वर्ष दसैं सुरु भइसक्दा पनि काठमाडौं उपत्यका छाड्ने र भित्रनेको संख्यामा खासै अन्तर देखिएको छैन । अघिल्ला वर्षहरूमा घटस्थापनादेखि नै दैनिक ७० देखि ७५ हजार मानिसले उपत्यका छाड्ने गरेकामा यस वर्ष उक्त संख्या २० देखि २५ हजार मात्रै छ ।
काठमाडौंका अधिकांश पालिकाहरूले वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गरेका छन् । अनलाइन, टिभी, रेडियोको पहुँच भएको ठाउँमा तिनै माध्यम र अन्यत्र सिकाइ केन्द्रबाट कक्षा सञ्चालन गरिएको हो ।
उपत्यकाका स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङमा परेकाको पीसीआर परीक्षणका लागि घुम्ती स्वाब संकलन बुथ सञ्चालन गरेपछि संक्रमित पत्ता लगाउन सहज भएको छ । कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिन नदिन नगरपालिकाले जोखिमयुक्त वडा र टोलको पहिचान गरी स्वास्थ्यकर्मी खटाएर स्वाब संकलन सुरु गरेको सूर्यविनायक नगरप्रमुख वासुदेव थापाले बताए ।
काठमाडौं महानगरपालिका–३१ मिलनचोक बस्ने ७४ वर्षीय वृद्धलाई भदौ १७ मा कोरोना संक्रमण पुष्टि भयो । संक्रमण देखिएसँगै उनी होम आइसोलेसनमा छन् । आइसोलेसनमा बस्दा अन्य सबै सुरक्षा मापदण्ड पालना गरे पनि घरबाट निस्कने फोहोर भने पहिले जसरी नै नियमित रूपमा नगरपालिकाबाट आउने फोहोर संकलकलाई दिइरहेका छन् ।
सिनामंगल बस्ने कृष्णबहादुर थापाकी ६६ वर्षीया श्रीमतीलाई साउन १६ गते नर्भिक अस्पतालमा कोरोना पुष्टि भयो । थापाले त्यसको भोलिपल्ट श्रीमतीलाई उपचारका लागि पाटन अस्पताल लगे । उनकी श्रीमती मुटु, दम र निमोनियाका बिरामी हुन् । २५ दिनमा कोरोनामुक्त भएपछि उनलाई घरमा ल्याइयो ।
मध्यपुर थिमि–६ भुलांखेलकी ३७ वर्षीया एक महिलालाई लगातार टाउको दुख्ने र ज्वरो आउने भइरह्यो । उनी स्वास्थ्य परीक्षणका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल पुगिन् । पीसीआर परीक्षणमा उनमा कोरोना पोजिटिभ देखियो ।
कोरोना सन्त्रासले सबैलाई घरघरमै बस्दा मात्रै सुरक्षित रहने बनाएपछि यसपटक शुक्रबार शिवालयहरू सुनसान रहे । महिलाहरूले तीज घरको चौघेराभित्रै मनाएका छन् । बुधबार मध्यरातिदेखि काठमाडौं उपत्यकाका निषेधाज्ञा जारी भएसँगै तीज पर्वमा बाहिरिन नपाएका हुन् ।
काठमाडौं महानगरपालिकामा हरेक दिन डेढ सयभन्दा बढी कोभिड–१९ संक्रमित थपिइरहेका छन् । देशभर बिहीबार ७ सय ७ जनामा संक्रमण पुष्टि हुँदा काठमाडौं जिल्लाका मात्र १ सय ७४ जना थिए ।